पहिरो हटाएपछि त्रिभुवन राजपथ सञ्चालनमा

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०८२, १२ : ५०
पहिरो हटाएपछि त्रिभुवन राजपथ सञ्चालनमा

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध भएको सडक मध्यान्ह १२ बजेपछि सञ्चालनमा आएको हो । 

भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागझोराको गिटी बलुवासहितको भल र पहिरो हटाएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

 

प्रतिक्रिया दिनुहोस