साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अघि बढ्नुपर्छ: एमाले सांसद भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०८२, १३ : ५१
साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल अघि बढ्नुपर्छ: एमाले सांसद भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल रहनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले चीन र भारतले नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी सम्झौता गरेको स्मरण गरेका हुन् ।

‘उनीहरूको खासगरी साना देशहरूलाई हेप्ने प्रवृत्ति छ त्यो प्रवृत्तिको विरुद्धमा हामी जानुपर्छ,’ सांसद भट्टराईले भने । पहिले पनि दुई देशले सम्झौता गरेको र नेपालले कूटनीतिक नोट पठाएको उनले बताए । पहिले देखि नै नेपालको भूमिमा भारतले सेना राख्ने काम समेत गर्दै आएको उनले बताए ।

प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठाउनुपर्ने र समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

 

प्रतिक्रिया दिनुहोस