मकवानपुर । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।
खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकोमा अहिले पुन सञ्चालन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु