काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएको छ ।
सामाजिक सञ्जालमार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन् ।‘संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो’ उनले लेखेका छन् ।
कांग्रेस र एमालेले उपसभामुख रानाले पद अनुकूलको आचरण नगरेको आरोपमा पदमुक्त गर्ने प्रस्ताव प्रतिनिधिसभामा लैजाने तयारी गरेका छन् । दुई दलका सांसदहरूले हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।
तर, यस्तो निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको राप्रपा अध्यक्ष लिङ्देनले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने