काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएको छ ।
सामाजिक सञ्जालमार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन् ।‘संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत पुर्याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो’ उनले लेखेका छन् ।
कांग्रेस र एमालेले उपसभामुख रानाले पद अनुकूलको आचरण नगरेको आरोपमा पदमुक्त गर्ने प्रस्ताव प्रतिनिधिसभामा लैजाने तयारी गरेका छन् । दुई दलका सांसदहरूले हस्ताक्षर संकलन नै सुरु गरेका छन् ।
तर, यस्तो निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको राप्रपा अध्यक्ष लिङ्देनले बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग