काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार आइतबार बिहान करिब १:४७ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, करिब २८–३० वर्षका एक पुरुषको हात र टाउकोमा चोट लागेको छ भने करिब ३०–३२ वर्षका अर्का युवकको टाउकोमा चोट लागेको छ। दुबै जनाको अवस्था गम्भीर छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तर दुर्घटनामा गम्भीर घाइते भएका सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापालाई सोही अस्पतालमा उपचारको क्रममा चिकित्सकले २:१५ बजे मृत घोषणा गरेका छन्। त्यस्तै, करिब ३५ वर्षका अझै नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई समेत सोही समयमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु