काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौँ आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन् ।
राष्ट्रपति पौडेललाई भेट्न उनी शीतल निवास पुगेका थिए । सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् ।
सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्त्वपूर्ण भेटवार्ता गर्ने बताइएको छ । मिश्री यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका हुन् । आज हुने भेटवार्ताहरूमा भ्रमणका एजेन्डाका विषयमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट