बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा आज डा.स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा.तोसिमा कार्की र क्रान्ति शिखा धितालले सहजीकरण गर्नेछन् ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेका अनुसार शनिबार महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सचिव एवं केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी र लुम्बिनी प्रशिक्षण विभाग प्रमुख राजकुमार सुवेदीले सहजीकरण गर्ने छन् ।
प्रशिक्षणमा केन्द्रको संरचनाले दिनुपर्ने र तलको संरचनाले मागेका विषयका बारेमा छलफल हुने छ । प्रशिक्षणमा रुपन्देही–३ मा कार्तिक १७ हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारको आकाङ्क्षीहरूको परिचयात्मक कार्यक्रम समेत हुने छ प्रशिक्षणमा पालिकाका पदाधिकारी, सदस्यहरू लगायत गरी २५० जनाको सहभागिता रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक