काठमाडौं । निर्वाचन आयोगले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीको विवरण अद्यावधिक गरेको छ । पूर्वमहामन्त्री मुकुल ढकालले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएलगत्तै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो ।
ढकाललाई कारवाहीलगत्तै गत वर्ष असारमा नै रास्वपाले विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । तर, विभिन्न बहानामा आयोगले झुलाइरहेकोमा रास्वपा सन्तुष्ट थिए । आज आयोगले राजनीतिक दलसम्वन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल सम्वन्धी नियमावली २०७४ को नियम २५ बमोजिम रास्वपाका केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरुको हेरफेर भएको अद्यावधिक विवरण अभिलेखिकरण गर्ने र सोको जानकारी पार्टीलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
अद्यावधिक विवरण अनुसार रास्वपाको केन्द्रीय समितिमा ६२ जना रहेका छ । रास्वपाले उपलब्ध गराएको सुचीअनुसार महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गरेर हटाइएपश्चात कविन्द्र बुर्लाकोटी महामन्त्री बनेको विवरण पहिल्यै अद्यावधिक भइसकेको देखिन्छ । मनिष झालाई सह प्रवक्ताबाट प्रवक्तामा गरिएको पदोन्नति भने भर्खर अद्यावधिक भएको छ ।
अर्को महत्वपूर्ण परिवर्तन भनेको सहकोषाध्यक्षमा दिपक बोहोराको नाम नयाँ विवरणमा छैन । रास्वपामा बसुमाया तामाङ र बोहोरा दुई सहकोषाध्यक्ष थिए । तर, पार्टीले हालै मात्र एकजना मात्रै सहकोषाध्यक्ष राख्ने निर्णय लिएपछि बाेहाेराले राजीनामा दिएका थिए । हाल बसुमायामात्रै सहकाेषाध्यक्ष छिन् । अद्यावधिक विवरणमा बोहोरा केन्द्रीय सदस्यको हैसियतमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ साउन २०८२, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता
बालेन्द्र शाह आज पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा पुग्दै
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति