एजेन्सी । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको बताएको छ।
बीबीसीका इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी गरिरहेको छ। केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा नियन्त्रणमा लिने प्रस्तावन अनुमोदन गरेको छ।
नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले जैतुन र साब्राको आवासीय क्षेत्रमा तीन दिनसम्म बम र ड्रोन आक्रमण भएको बताएका छन्। जसका कारण 'आम जनताको घरमा धेरै क्षति भएको छ।'
अर्कार्फ बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, क्यानडा र जापानले एक विज्ञप्ति जारी गर्दै ‘हाम्रा आँखाअगाडि अनिकाल मडारिरहेको’ बताएका छन्।उनीहरूले गाजामा भोकमरी रोक्नको लागि कदम चाल्न पनि अपिल गरेका छन्।
उनीहरूले गाजामा राहत सामग्री लान ‘तत्काल, स्थायी र ठोस कदम’ चाल्न माग गरेका छन्।अर्कतर्फ, इजरायलले गाजामा भोकमरी नभएको दाबी गरेको छ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २०० भन्दा बढी मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइयो।
जवाफमा इजरायलले गाजामा गरेको हमलामा हालसम्म कम्तीमा ६१ हजार प्यालेस्टिनी मारिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ साउन २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का