काठमाडौँ। रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैंक जमानतसम्बन्धी जिल्ला अदालतमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ ।
लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै रुपन्देही अदालतमा दिएको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नारायण सापकोटाको इजलासमा पेसी तोकिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते थुनामा पठाउने आदेश दिएपछि उनी २५ चैतदेखि पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।
त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए ।
उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् । ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ । दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण अभियोग संशोधनसम्बन्धी विवादमा मूल कागजात झिकाउन आदेश
निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी
‘अब बालेनले देश बनाउँछ’: रवि लामिछाने
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता