पर्साको ठोरीमा पाटेबाघ मृत भेटियो

रासस

आइतबार, २५ साउन २०८२, ११ : २५
पर्साको ठोरीमा पाटेबाघ मृत भेटियो

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ माली बस्ती नजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ । आज बिहान ७ः३० बजे आसपास हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ बाघ मृत अवस्थामा भेटिएको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए ।

"ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमान्डमा टोली खटिएको छ, अहिले अनुसन्धान भइरहेको छ" उनले भने, "पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ ।"

पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान ४ किलोमिटर दुरीमा पर्छ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको जानकारी दिए ।

'पाटेबाघको बाहिरीभागमा सामान्य चोटपटक देखिएको भन्ने छ । बाघ जुधेर हो वा अन्य कारणले चोटपटक लागेको भन्नेबारे शव परीक्षणपछि नै थप जानकारी प्राप्त हुनेछ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस