शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जारी राखिएको अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ । संगठन निर्माणका हरेक गतिविधि हस्ताक्षर अभियान मार्फत प्रभावकारी बनाउने प्रवक्ता मनिष झाले जानकारी गराए ।
बैठकले इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाँले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।
बैठकले रिक्त रहेका विभागका प्रमुख समेत तोकेको छ । श्रम तथा उपभोक्ता हित विभाग प्रमुखको जिम्मेवारी श्यामबाबु गौतमले पाएका छन् भने यही विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनीत गरिएको छ । सार्वजनिक लेखा समीक्षा विभागको प्रमुख गोकुल सापकोटा तोकिएका छन् ।
केन्द्रीय समिति बैठकले मधेश प्रदेश समितिमा दुई जना सहमहामन्त्री नियुक्त गरेको छ । बाराका गणेश धिमाल र सिरहाका पुनम शाहलाई सहमहामन्त्री बनाइएको छ ।
पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्य सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय गरिएको छ । पार्टीको संगठन वडा, जिल्ला, प्रदेश र केन्द्रसम्म सशक्त बनाउने बैठकले निर्णय गरेको छ ।
संगठनको आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सदस्य तथा केन्द्रीय विभागका सदस्यलाई जिल्ला जिल्लामा परिचालन गरिने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी