काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेकी हुन् । जलस्रोतको संरक्षण र बहु आयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ ।
यस्तै, बैठकमा कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’सभा समक्ष पेस गरे । त्यस्तै, सभाध्यक्षसमेत रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराए भने विषयगत समितिमा रहने सदस्यको नाम हेरफेर तथा मनोनयन गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा विकास-आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन प्रस्तुत
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक जारी
बेदुराम भुसाल राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता नियुक्त
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची