मुम्बई । रिलिज हुन ६ दिन बाँकी छँदै रजनीकान्त स्टारर ‘कुली’ले भारतमा शुक्रबारसम्म २५ करोडभन्दा धेरै रकमको टिकट बिक्री गरेको छ । रिलिज हुन अझै समय बाँकी भएकाले प्रि-सेल्सको आँकडामा अझै वृद्धि हुन सक्ने देखिन्छ ।
प्रिमियरको समेत कमाइ हेर्दा ‘कुली’ले भारतबाहिर ओभरसिजमा मात्रै ७० देखि ८० करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।ओभरसिज र भारतीय दुबै बजारको कलेक्सन हेर्दा फिल्मको ओपनिङ १३० देखि १४० करोडसम्म हुने प्रक्षेपण ब्यापार विश्लेषकहरूले गरेका छन् ।
अर्कोतर्फ, ऋतिक रोशन र जुनियर एनटीआर स्टारर फिल्म ‘वार २’को प्रि-सेल्स ‘कुली’को भन्दा ५ गुणाले कम छ । ‘कुली’को टिकट बिक्रीको आँकडा हासिल गर्न ‘वार २’ले भारतमा मात्र एक्लै ९० करोड भारु कमाउनुपर्ने देखिएको छ ।
रिलिजको लागि ६ दिन बाँकी रहँदा शुक्रबारसम्म ‘वार २’को ओभरसिज कलेक्सन जम्मा ५ करोड भारु ग्रससम्म छ । यो आँकडा हेर्दा ओपनिङमा रजनीकान्त स्टाररले ऋतिक रोशनको स्पाइ युनिभर्सको फिल्मलाई उछिन्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०८२, १३ : ११
लेखकबाट थप