काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेकी छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेकी हुन् ।
भेटमा सहभागी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार भेटका अवसरमा नेपालले आगामी सन् २०२६ मा आफूलाई विकासशील मुलुकका स्तरोन्नतिमा लान गर्नुपर्ने तयारीलाई थप गति दिने विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति