काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्म अनुसार पार्टीले निर्णय लिने बताएका छन् । ‘कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।
समितिले खतिवडाको भूमिका माथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नुपर्ने काँग्रेसभित्र र बाहिरबाट आइरहेको छ । खतिवडाको विषयमा पार्टीले चाल्ने कदमका बारेमा महामन्त्री शर्माले भने,‘समितिले प्रतिवेदनको उल्लेख गरेका विषयलाई दृष्टिगत गरेर पार्टीले आवश्यक निर्णय लिन्छ ।’
खतिवडाका विषयमा पार्टीभित्र छलफल हुने र प्रतिवेदनको मर्म अनुसार निर्णय गरिने महामन्त्री शर्माले जानकारी गराए । खतिवडा सभापति रहेको समितिमा कुलिङ अफ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भएको थियो । तर, प्रतिनिधि सभाबाट पारित हुँदा समितिबाट पारित भए भन्दा फरक व्यवस्था विधेयकमा राखिएको थियो ।
विधेयकमा फरक प्रावधान राखेर पारित संसदबाट पारित भएपछि त्यसमा छानबिन गर्न संसदीय समिति बनेको थियो । काँग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा रहेको समितिले तयार गरेको प्रतिवेदन मंगलबार संसदमा पेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले संसद् पुनर्स्थापनालाई लिएर निवेदन दियो सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको धारणा होइन
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
कांग्रेसको पार्टी कमिटिलाई अर्काे परिपत्र : स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा बहाल जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड