विराटनगर । नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ ।
भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान नक्कली नोट बरामद भएको हो ।
बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी