सरकार विकास निर्माणका कामलाई तीव्र र जनमैत्री बनाउन प्रतिबद्ध छ: मन्त्री ठकुरी

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०८२, ११ : ३३
सरकार विकास निर्माणका कामलाई तीव्र र जनमैत्री बनाउन प्रतिबद्ध छ: मन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौँ उपत्यकालाई वातावरणीय र यातायातको हिसाबले व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् । 

आज ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ उपत्यका वातावरणीय हिसाबले प्रदूषणबाट प्रभावित रहेको भन्दै यसको न्यूनीकरण गर्न आवश्यक रहेको पनि बताए । 

 जायिकाले सुरु गरेको जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रोजेक्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जापान सरकार र जायिकाले नेपाललाई हरेक काममा सहयोग गरिरहेको पनि बताए। 

मन्त्री ठकुरीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा मन्त्रालय सदैव तयार रहेको बताए । वातावरणीय प्रभाव मूल्याङ्कनका कारणले धेरै प्रक्रियाहरू झन्झटिलो भन्ने सुने गरेपनि अब समस्या समाधान हुने र ऐन, कानुन संशोधनको प्रक्रियामा अघि बढिसकेको बताए। वर्तमान सरकार विकास निर्माणका कामलाई तीव्रता र जनमैत्री बनाउन प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस