उदयपुर । आज बिहान ६ बजे उदयपुरगढी गाउँपालिका–७ अधेरीमा काठमाडौँबाट इटहरी तर्फ जाँदै गरेको ट्रक आफैँ अनियन्त्रित सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ ।
प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक साइडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो ।
शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्था जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारको क्रममा बिहान ७ः१० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।
उक्त घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना
दमकमा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते