कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०८२, ११ : ०७
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१७ तल्लोबिरौटाटोल बस्ने ४६ वर्षीय बाजिन्द्र बहादुर सोती मगरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको  विशेष अप्रेसन टोलीले कास्कीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गाउँकै छिमेकीको विवाह कार्यक्रममा स्थानीय हस्ते वि.क.लाई कुटपिट गरी उनको उपचारको क्रममा मृत्यु भइ कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २ वर्ष कैद सजाय फैसला गरेको थियो ।

हाल उनलाई पक्राउ गरी कैद भुक्तानको लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना आधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधारीले बताए ।  

 

प्रतिक्रिया दिनुहोस