काभ्रे । काभ्रेमा बाटोमा हिँड्दा चिप्लिएर लड्दा मंगलबार दुई जनाको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउत र बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको चिप्लिएर लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर मृत्यु भएको हो। लडेर गम्भीर घाइते भएकी राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरि मंगलबार स्थानीय डेरीमा दूध पुर्याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका भोलनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु