काभ्रे । काभ्रेमा बाटोमा हिँड्दा चिप्लिएर लड्दा मंगलबार दुई जनाको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउत र बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको चिप्लिएर लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर मृत्यु भएको हो। लडेर गम्भीर घाइते भएकी राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरि मंगलबार स्थानीय डेरीमा दूध पुर्याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका भोलनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु