‘काँग्रेसको दोहोरो चरित्र देखियो, यो व्यवहारको मूल्यांकन गर्नुपर्छ’: डा. राजन भट्टराई

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०८२, १२ : ५०
‘काँग्रेसको दोहोरो चरित्र देखियो, यो व्यवहारको मूल्यांकन गर्नुपर्छ’: डा. राजन भट्टराई

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले काँग्रेसले विधेयकहरूमा दोहोरो भूमिका खेलेको भन्दै गम्भीर मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन्।

काँग्रेसको भूमि र शिक्षा विधेयकहरूमाथिको दोहोरो चरित्र देखाएको भन्दै तल्लो स्तरको राजनीतिक दाउपेच गरिरहेको टिप्पणी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली काँग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरू माथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक दाउपेच जस्तो लाग्यो। माथि संयन्त्रमा एउटा कुरा बाहिर आएपछि अर्को ? सत्ता साझेदारी गरिरहेको दलको यो व्यवहार लोकतन्त्रमा कति उचित हो ? मूल्यांकनको विषय हो।’

यी दुई मात्रै नभएर काँग्रेस र एमालेबीच निजामती, संवैधानिक परिषद् विधेयकमा पनि फरक मत छ।

 

प्रतिक्रिया दिनुहोस