रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ ।
बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोसाइँकुण्ड
गोसाइँकुण्ड
लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक
बिहानैदेखि गोसाइँकुण्डमा भक्तजनको घुइँचो
गोसाइकुण्डमा भक्तजनको आगमन सुरु
गोसाइकुण्ड नुहाउन पुग्न थाले भक्तजन