काठमाडौ । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ।
त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ।
कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।
गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो। यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न
देशभर ५९ प्रतिशत रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा
वर्षा नहुँदा रोपाइँ प्रभावित, किसान चिन्तित
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
देशभर ९८ प्रतिशत रोपाइँ, गत वर्षभन्दा चार प्रतिशत बढी
देशभर ९८ प्रतिशत रोपाइँ सम्पन्न, कोशीमा अन्य प्रदेशभन्दा कम