‘नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो’: सञ्चारमन्त्री गुरुङ

सफल खबर संवाददाता

शनिबार, १० साउन २०८२, १८ : ५८
‘नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो’: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गरेका छन् ।

चीनको सांघाई वर्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई आज सम्बोधन गर्दै उनले एआईका उपलब्धिको पहुँच र समानताको वकालत गरे । सञ्चारमन्त्री गुरुङले भने, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनुपर्छ । हामी विकासशील राष्ट्रहरूका लागि कम्प्युटिङ शक्ति, ओपन मोडल र डेटा सेटहरूको आवश्यकता छ । यसमा अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा छ ।”

सम्मेलनअन्तर्गत विश्वव्यापी एआई शासनसम्बन्धी उच्चस्तरीय बैठकमा उनले पारदर्शीता, समावेशिता, जबाफदेहिता र एआईको गैर–सैनिकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसंघ नेतृत्वको चार्टर्डलाई समर्थन गर्ने बताए । “एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ । हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्दछौँ ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस