विकासका लागि राजनीतिक स्थिरता जरुरी छ: सञ्चारमन्त्री गुरुङ

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०८२, १८ : ०६
विकासका लागि राजनीतिक स्थिरता जरुरी छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा बुधबार स्वावलम्बन विकास केन्द्र ३४ औँ वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको सुनाए l 

अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनले राखे।

कार्यक्रममा स्वावलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ ।

सञ्चार मन्त्री गुरुङले दुई लाख रुपियाँको उक्त पुरस्कार संस्थालाई प्रदान गरे।त्यस्तै, दुई लाख रुपियाँ राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ।

स्वावलम्बन विकास केन्द्रले प्रदान गर्ने अर्को उत्कृष्ट लघु उद्यमी सदस्य पुरकार उद्यमी, विमला थारू, जमुना घिमिरे र आशा बुढामगरले प्राप्त गरेका छन्। उनीहरूको पुरस्कार राशि ५०/५० हजार रुपियाँ छ।

प्रतिक्रिया दिनुहोस