काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताए । इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा पास गरिसकेको उनले बताए । उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताए ।
अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौँ र पोखरा सहरमा पुर्याउने गरी सरकारले काम गरिरहेको भन्दै उनले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने बताए ।
मन्त्री गुरुङले सबै नेपालीले इन्टरनेटको प्रयोग गर्नसक्ने बनाउनु आजको सरकारको दायित्व भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सामाजिक सञ्जाल छिट्टै खुल्छन्:’ सञ्चारमन्त्री गुरुङ
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री गुरुङ
सम्पत्तिको अधिकार रक्षा गर्न हुलाक टिकट महत्त्वपूर्ण : सञ्चारमन्त्री गुरुङ
विकासका लागि राजनीतिक स्थिरता जरुरी छ: सञ्चारमन्त्री गुरुङ
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ: सञ्चारमन्त्री गुरुङ