काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।
राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुन:स्थापनामामा पुर्याएको महत्त्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन् ।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको पनि सचिवालयले जनाएको छ । चितवन नेपाली काँग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए