बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी अग्रहरीद्वयविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ ९९ लाख ८९ हजार ९८४ र आयकरतर्फ २ करोड ८७ लाख ५२ हजार १४७ गरी चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन
यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन