बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी अग्रहरीद्वयविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ ९९ लाख ८९ हजार ९८४ र आयकरतर्फ २ करोड ८७ लाख ५२ हजार १४७ गरी चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व