काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा ब्रेक लगाएर गलत गरेको टिप्पणी गरेका छन्। काठमाडौँमा एक कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा एमालेले ब्रेक लगाइएकोबारे दाहालले भने, ‘त्यो ब्रेक लगाउनु गलत हो भन्न चाहन्छु म। किनकि, हामीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष बनाइसक्यौँ।’
त्यसो त भण्डारीले गत असार १४ गते पार्टीको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। एमाले उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनिसकेकी भण्डारीको राजनीतिक पुनरागमनमा एमाले बाधक बनेको छ। एमालेले उनको संगठित सदस्यता नवीकरण नभइसकेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०८२, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग