काठमाडौं । गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका लागि प्रयोग गर्ने कण्डम तीन करोड ९१ लाख ७१ हजार आठ सय २८ २४ करोड बढी मूल्यको आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँको पुरुष कण्डम आयात भएको हो ।
सरकारले कण्डमको आयातमा असाध्यै न्यून भन्सार महसुल दर कायम गरेकाले गत आवको कण्डम आयातबाट सरकारले नौ हजार रुपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष ०८०–०८१ मा नेपालमा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबरको तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, ०९ : ३६
लेखकबाट थप