ताप्लेजुङ । ताप्लेजुङमा नमोर नदीमा आएको बाढीले एउटा बेलिब्रिज बगाएको छ।
फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल (बेलिब्रिज) आज बिहान ६ बजे बाढीले बगाएको हाे।
पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बाढीले बगाएको हाइड्रो पावरका प्रबन्धक मुकुन्द पोख्रेलले जानकारी दिए।
अविरल वर्षापछि बुधबार बिहान तमोर, घुन्सा र हेल्लोक खोलामा ठूलो बाढी आएको छ। वर्षासँगै लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको छ। त्यहाँका स्थानीयले भागेर ज्यान जाेगाएका छन्।
बेलिब्रिज बाढीले बगाएपछि त्यस क्षेत्रमा आवतजावतमा समस्या भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। त्यस क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०८२, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलिब्रिज भाँचिदा ६ मजदुर घाइते, ४ जनाको अवस्था गम्भीर
सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना
हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध