काठमाडौं । मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार राष्ट्रिय सभामा आकस्मिक समयमा बोल्दै उनीहरूले अहिले मधेशमा देखा परेको पानीको समस्या विस्तारै अन्यत्र समेत फैलिन सक्ने बताएका छन् ।
नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा सुख्खा क्षेत्र घोषित भएको स्मरण गरे । ‘जनताले पानी समेत नपाउने अवस्थ आयो । बारुण यन्त्रमार्फत पानी लैजानुपर्ने अवस्था छ । यसमा सरकार गम्भीर बनोस् र तत्काल समस्या समाधानमा ध्यान दियोस्,’ उनले भने ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले पनि सरकारको ध्यानाकर्षण गरे ।‘मधेशमा विकराल परिस्थिति सिर्जना भइसकेको छ । यो समस्या मेची महाकालीसम्मै पुग्न सक्दछ,’ उनले भनेका छन्, ‘पहिले मधेशमा १८ फिटमा पहिले पानी पाइन्थ्यो । अहिले कतै कतै साढे ३ सय फिटमा समेत पानी नपाउने अवस्था आएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त