एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्।
उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्। उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन्।
राष्ट्रपति मुर्मुलाई लेखेको पत्रमा उपराष्ट्रपति धनखडले लेखेका छन्, 'स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागु हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु।'
यसका साथै उनले यतिन्जेल सहयोग र सद्भावका लागि राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन्।
उपराष्ट्रपति जगदीप धनखडले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, 'संसद्का सबै माननीय सदस्यहरूबाट मैले पाएको स्नेह, विश्वास र सम्मान मेरो जीवनभर मेरो हृदयमा रहनेछ।'
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ साउन २०८२, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी
समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने सङ्कल्प गरौँ : उपराष्ट्रपति
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
उपराष्ट्रपति यादव युएईको स्वागत समारोहमा सहभागी
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै