काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार निजी निवास खुमलटारमा भेट गर्दै उनले सो कुरा बताएका हुन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याए ।
‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।’
सीएनआईका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य र वातावरण सशक्त रहेको स्मरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?