एजेन्सी । इजरायली सेनाको गोलीबारीमा उत्तरी गाजामा कम्तीमा ६७ जना मारिएका छन् । संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेका ट्रकहरूको प्रतिक्षा गरिरहेका ६७ जना मारिएका गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले खाद्यान्न बोकेका २५ वटा ट्रक इजरायलबाट प्रवेश गरेर चेकपोइन्टहरू पार गरेपछि ट्रकतर्फ भोकमरीबाट पीडित रहेका नागरिकहरूको ठूलो भीड आएको थियो । त्यही भीडमा गोलीबारी भएको बताइएको छ ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले उसले वर्तमान खतरालाई रोक्न चेतावनीको रूपमा गोली चलाएको बताएको बीबीसीले जनाएको छ । उसले सार्वजनिक भएका मृत्युको तथ्यांकमाथि प्रश्न उठाएको समाचारमा उल्लेख छ ।
मन्त्रालयले बताएअनुसार गाजाको अन्य भागहरूमा सहायता पर्खिरहेका थप ६ जनाको पनि इजरायली आक्रमणमा मृत्यु भएको छ । १५० भन्दा बढी व्यक्ति घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
शनिबार मन्त्रालयले गाजामा भोकमरी तीव्र रूपमा बढिरहेको र ठूलो संख्यामा मानिसहरू उसका केन्द्रहरूमा अत्यन्त थकान र कमजोरीको अवस्थामा पुगिरहेका बताएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु