एजेन्सी । इजरायली सेनाको गोलीबारीमा उत्तरी गाजामा कम्तीमा ६७ जना मारिएका छन् । संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेका ट्रकहरूको प्रतिक्षा गरिरहेका ६७ जना मारिएका गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले खाद्यान्न बोकेका २५ वटा ट्रक इजरायलबाट प्रवेश गरेर चेकपोइन्टहरू पार गरेपछि ट्रकतर्फ भोकमरीबाट पीडित रहेका नागरिकहरूको ठूलो भीड आएको थियो । त्यही भीडमा गोलीबारी भएको बताइएको छ ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले उसले वर्तमान खतरालाई रोक्न चेतावनीको रूपमा गोली चलाएको बताएको बीबीसीले जनाएको छ । उसले सार्वजनिक भएका मृत्युको तथ्यांकमाथि प्रश्न उठाएको समाचारमा उल्लेख छ ।
मन्त्रालयले बताएअनुसार गाजाको अन्य भागहरूमा सहायता पर्खिरहेका थप ६ जनाको पनि इजरायली आक्रमणमा मृत्यु भएको छ । १५० भन्दा बढी व्यक्ति घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
शनिबार मन्त्रालयले गाजामा भोकमरी तीव्र रूपमा बढिरहेको र ठूलो संख्यामा मानिसहरू उसका केन्द्रहरूमा अत्यन्त थकान र कमजोरीको अवस्थामा पुगिरहेका बताएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण