मुकुन्दश्याम गिरीले दिए निर्वाचन आयोगमा उजुरी

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०८२, १३ : ०५
मुकुन्दश्याम गिरीले दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।

महामन्त्री डा धवलशम्शेर राणालगायत आफू पक्षका नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेर उनले उजुरी गरेका हुन् । पार्टीलाई प्रक्रियागत र विधान अनुसार चलाउन माग गर्दा अवैधानिक रुपमा कारबाही गरिएको भन्दै गिरीले आयोगसम्म पुगेको प्रतिक्रिया दिएका छन् ।

गिरीलाई गरिएको कारबाही फिर्ता लिन राप्रपाकै इतर समूह र कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरुले अपीलसमेत गरेका छन् । यसअघि अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदी पनि कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस