काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरेको छ।
च्यासलमा जारी पार्टीको बैठकमा बोल्दै सचिवालयले ल्याएको विधान संशोधन प्रस्ताव पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गर्नुपर्ने बताए। उनले भने, ‘विद्या भण्डारी राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको व्यक्ति हो । सक्रिय पार्टी पङ्क्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ती गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’
सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ ? भन्दै प्रश्न गरे। उनले भने, ‘नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नुपर्छ । ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौँ अब त्यसको औचित्य देखिएन ।’
उनले अर्को एक कार्यकाल एमालेको नेतृत्वमा केपी ओलीको विकल्प नभएको भन्दै ७० वर्षे उमेर हद हटेकाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षको उम्मेदवार बन्ने बाटो खुला भएको बताए।
उनले थपे, ‘कार्यकालको सीमा महाधिवेशनले हटाएको हो ।अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔँ। क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔँ। अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ पास गरौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ साउन २०८२, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’