कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०८२, १६ : २०
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा शिवसताक्षी नगरपालिका-८ घर भएका हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ मा बस्ने ४२ वर्षीय सन्तोष सुनुवारलाई शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

सन्तोषले कुवेत पठाइदिन्छु भन्दै पीडितबाट १ लाख ५३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।