काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा शिवसताक्षी नगरपालिका-८ घर भएका हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ मा बस्ने ४२ वर्षीय सन्तोष सुनुवारलाई शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।
सन्तोषले कुवेत पठाइदिन्छु भन्दै पीडितबाट १ लाख ५३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ साउन २०८२, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
ठगी अभियोगमा ६ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
कोरिया पठाउने बहनामा ठगी गरेको आरोप
ठगी गिरोहमा संलग्न चार जना पक्राउ