काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफू राजनीतिमा नलागेको भए लोकदोहोरी गायक हुने बताएका छन् । उमेश अकिन्चनद्वारा लिखित ‘सायद किनारा’ कवितासंग्रहको विमोचनका क्रममा यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै राईले भने, ‘यदि राजनीतिमा नलागेको भए म लोकदोहोरी गायक हुन्थेँ ।’ उनले थप भने, ‘मलाई रमाइलो मनपर्छ । पार्टीमै पनि मेरो कसैसँग झगडा हुँदैन । मलाई चलाएपछि मात्रै झगडा हुन्छ ।’ कवि उमेश अकिन्चन उपसचिव हुन् भने उनी रक्षा मन्त्राालयमै कार्यरत छन् । रक्षामन्त्री राईले उमेश कुशल कवि मात्रै नभएर कुशल प्रशासक समेत बताए ।
राईले थप भने, ‘मन्त्रालयमा सबैले अलिअलि बुझ्दै जानुभएजस्तो लाग्छ । राजनीतिमा पेलेर जाने, ठेलेर जाने नै सफल हुन्छ भन्छन् । तर मेरो स्वभाव त्यस्तो छैन, म त कसोकसो भएर यहाँ आइपुगेँजस्तो लाग्छ ।’
कवि उमेशको ‘सायद किनाराहरू’ इन्डिगो इंकले बजारमा ल्याएको हो । यसअघि उनको ‘मोनालिसा र मार्च ८’ कवितासंग्रह प्रकाशन भएको थियो । कार्यक्रममा कवि श्रवण मुकारुङ, बिमला तुम्खेवा लगायतले किताबमाथि चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०८२, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऐनहरू पारित हुन नसक्दा नेपाल धेरै पछि परेको अनुभूति भएको छ: रक्षामन्त्री राई