काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका महासचिव सोनामसिंह स्याङ्तानले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गरे ।
उनले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए । उनले भने, ‘प्रशिक्षण, सङ्गठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरू हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो । तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ । अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौँ । ०८४ को निर्वाचन आउन करिब डेढ वर्ष बाँकी छ । पार्टीको आन्तरिक सङ्गठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ । पार्टीको आन्तरिक शक्ति सुदृढीकरण गर्ने काममा हामी लागेका छौँ ।’
उनका अनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण, विस्तार गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०८२, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित