दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले न्यायालयले गर्ने हरेक फैसलालाई पार्टीले सधैँ सम्मान गर्दै आएको बताएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियान न्यायपालिकालाई प्रभावित पार्न नभएको स्पष्ट पारे । उनले हस्ताक्षर अभियान सञ्चालन गर्दैमा सभापति रवि लामिछाने छुट्ने होइन भन्दै न्यायपालिकाले गर्ने कार्यसम्पादनमा दखल नदिने जिकिर गरे। उनले भने, “न्यायपालिकाले गर्ने फैसला हामी मान्दै आएका छौँ र मान्नेछौँ ।”
उपसभापति वाग्लेले पार्टी सभापतिमाथि राजनीतिकरण भएको आफूहरूको बुझाइ रहेको उल्लेख गरे । पार्टीप्रति आम जनताको आकर्षण बढेको दाबी गर्दै उनले सबैभन्दा ठूलो अदालत भनेको जनअदालत भएको बताए। आफूहरू २०८४ को चुनावको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टीप्रतिको आकर्षणले बलियो बनाएको उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०८२, १५ : ११
लेखकबाट थप