धनगढी । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा डुुबेर २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको हो । उनीहरु बिहीबार दिउँसो पौने ३ बजे घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका बेला डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरेको थियो ।
उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बझाङ र बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका–५ बहोराडी बस्ने ५९ वर्षीया कमला बोहरा रहेकी छिन् । बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अचानक चिप्लिएर करिब १०० मिटर तल खसेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
स्थानीयको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यता बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँका ४१ वर्षीया वीरेन्द्र बोहराको मृत्यु भएको आफन्त टेकबहादुर धामीले बताएका छन् । स्थानीय बाग्याडोरा भीरमा वस्तुभाउलाई घाँस काट्ने क्रममा चिप्लिएर लडेका हुन् । गत असार ३१ गते बिहान घाँस काट्न गएका बोहरा फिर्ता नभएपछि परिवारले खबर गरेपछि मृत अवस्थामा फेला परेका हुन् ।
बोहराका श्रीमती, दुई छोरा र एक छोरी सहाराविहीन भएका छन् । गौमुल गाउँपालिकामा वर्षेनी स्थानीय भीरबाट लडेर ज्यान गुमाउन विवश छन् । वस्तुभाउ बढी पाल्ने र भीरपाखामा घाँस दाउरा गर्ने परिस्थितिले यस्ता घटना घट्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०८२, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु