मोरङ । अनलाइन टिभी पत्रकार सङ्घ नेपाल, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनले मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरेको छ ।
मोरङको उर्लाबारीमा भएको अधिवेशनले उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा मोरङका सरोज बस्नेत, सहसचिवमा सुनसरीका विनोद राना मगर र कोषाध्यक्षमा मोरङकी सम्झना राईलाई निर्वाचित गरेको हो । त्यस्तै, सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताप अली र निशान ढकाल चयन हुनु भएको छ।
इन्टरनेटमा भिडियो पत्रकारिता गर्ने पत्रकारहरूको पहिलो र साझा संस्थाको रूपमा रहेको अनलाइन टिभी पत्रकार सङ्घ युवा पत्रकार तथा पत्रकारिताका अध्यापक जीवन भण्डारीको नेतृत्वमा २०७६ सालमा काठमाडौँमा स्थापना भएको हो ।
केन्द्रीय स्तरमा अनलाइन टिभी पत्रकारहरूको हकहित, अनलाइन टिभीहरूलाई व्यवस्थित गराउने लगायतका विषयमा नेतृत्वदायी भूमिका खेल्दै आएको सङ्घको कोशी प्रदेशमा पनि पहिलो कार्यसमिति गठन गरिएको हो ।
सङ्घको दुई प्रदेशमा अधिवेशन भइसकेको र अन्य प्रदेशहरूको पनि केही दिनमै अधिवेशन सम्पन्न गर्नेगरी गृहकार्य भइरहेको सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिए । सङ्घको जिल्ला शाखा भने १५ जिल्लामा गठन भइसकेको छ । अव हुने केन्द्रीय अधिवेशनपछि शाखा विस्तारलाई तीव्रता दिइने उनको भनाई छ ।
अनलाइन टिभी पत्रकारितालाई व्यवस्थित जिम्मेवार बनाउन सङ्घले नेपालमै पहिलो पटक अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरी लागु गरेको छ भने अनलाइन टिभीकर्मीहरूलाई विभिन्न विषयमा प्रशिक्षित पनि गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस