काठमाडौ । देशका प्रमुख नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा तल रहे पनि बहाव बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
शुक्रबार जारी सूचनामा महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीमा बहाव बढ्दै गएको जनाएको छ।
हाल यी नदीहरू सतर्कता तहभन्दा तल छन्, तर आगामी घण्टाहरूमा निरन्तर वर्षा भएमा नदीहरू सतर्कता र खतरा तह नाघ्न सक्ने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार जलाधार क्षेत्रमा वर्षा भइरहेकाले पानीको सतह थप बढ्नसक्ने सम्भावना छ। महाशाखाले नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम