अडिओ मेरो होइन, चरित्र हत्या गर्न खोजियो: भूमि मन्त्री अधिकारी

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०८२, १५ : ५१
अडिओ मेरो होइन, चरित्र हत्या गर्न खोजियो: भूमि मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडिओ आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्।

मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।

त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुनुहुन्छ ।’

उनले यसलाई चरित्र हत्या गर्ने प्रयास भएको पनि बताए । ‘…यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए ।’

 

प्रतिक्रिया दिनुहोस