एजेन्सी । बाँकेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
बैजनाथ-१ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
स्थानीय तीन जना महिला शुक्रबार बिहान घाँस काट्न भनेर गाउँ नजिकैको बर्दिया निकुञ्जको जंगलमा गएका थिए। सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हात्तीले आक्रमण गर्न थालेपछि बुढासँगै रहेका अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए