कुलिङ पिरियड गडबडी छानबिन गर्ने विशेष समितिको बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, २५ असार २०८२, १५ : ४६
कुलिङ पिरियड गडबडी छानबिन गर्ने विशेष समितिको बैठक सुरु

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको गडबडीबारे अध्ययन गर्न विशेष समितिको बैठक सुरु भएको छ। बुधबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसिरहेको बैठक समितिको संयोजक जीवन परियारको अध्यक्षतामा बसिरहेको छ ।

प्रतिवेदनमा खासगरी कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा देखिएको त्रुटि अध्ययन गर्न सभामुख देवराज घिमिरेले परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका थिए । उक्त समितिलाई छानबिनको लागि २१ दिनको समय दिइएको छ ।

समितिमा सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस