एएफपी । युक्रेनमा चालु वर्षको पहिलो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको वृद्धि भएको छ । युक्रेनी सवारीसाधन उत्पादक संघ उक्राभटोप्रोम द्वारा प्रकाशित प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर ३१ हजार सात सय ५३ वटा विद्युतीय सवारीसाधन दर्ता भएका छन् ।
जम्मा ३० हजार सात सय ६३ वटा यात्रु सवारी, नौ सय ७८ वटा मालवाहक सवारी र तीन वटा ठूलो बस दर्ता भएका छन् । उक्त अवधिमा सबैभन्दा बढी बिक्री भएको नयाँ विद्युतीय सवारी मोडेल बिवाईडी सोङ प्लस रह्यो । त्यसपछि क्रमशः फक्सवागन आइडी युनिक, होंडा ईएनएस-१, जिकर-७ एक्स र जिकर-००१ लोकप्रिय सवारी रूपमा रहेका छन् ।
यसअघि सन् २०२४ मा युक्रेनमा विद्युतीय सवारीसाधनको कुल बिक्री ५१ हजार सात सय भन्दा बढी पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ असार २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेन-रुस वार्ता: ६ हजार युद्धबन्दी रिहा गर्ने सहमति