एएफपी । युक्रेनमा चालु वर्षको पहिलो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको वृद्धि भएको छ । युक्रेनी सवारीसाधन उत्पादक संघ उक्राभटोप्रोम द्वारा प्रकाशित प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर ३१ हजार सात सय ५३ वटा विद्युतीय सवारीसाधन दर्ता भएका छन् ।
जम्मा ३० हजार सात सय ६३ वटा यात्रु सवारी, नौ सय ७८ वटा मालवाहक सवारी र तीन वटा ठूलो बस दर्ता भएका छन् । उक्त अवधिमा सबैभन्दा बढी बिक्री भएको नयाँ विद्युतीय सवारी मोडेल बिवाईडी सोङ प्लस रह्यो । त्यसपछि क्रमशः फक्सवागन आइडी युनिक, होंडा ईएनएस-१, जिकर-७ एक्स र जिकर-००१ लोकप्रिय सवारी रूपमा रहेका छन् ।
यसअघि सन् २०२४ मा युक्रेनमा विद्युतीय सवारीसाधनको कुल बिक्री ५१ हजार सात सय भन्दा बढी पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ असार २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप