एजेन्सी । गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग आइतबार वार्ता गर्न इजरायलले आफ्नो प्रतिनिधि मण्डल कतार पठाउने भएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो कार्यालयमा प्रस्ताव आइसकेको बताए। नेतान्याहुले सुरुवातमा मध्यस्थता गरेका अमेरिका, इजिप्ट र कतारले राखेको प्रस्तावमा हमासले गर्न चाहेमा परिवर्तन भने स्वीकार्य नहुने बताएका छन्।
शुक्रबार राति हमासले ६० दिने युद्ध विरामको प्रस्तावमा सकारात्मक भएको तथा वार्ताका लागि पनि तयार भएको जानकारी दिएको थियो।
वार्ताको पहल भइरहे पनि गाजामा इजरायलले आक्रमण छाडेको छैन। शनिबार भएको आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको ज्यान गएको छ।
मवासीमा रहेको पालमा विस्फोट हुँदा एक चिकित्सक र उनका तीन सन्तानको साथमा ७ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ असार २०८२, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का