एजेन्सी । गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग आइतबार वार्ता गर्न इजरायलले आफ्नो प्रतिनिधि मण्डल कतार पठाउने भएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो कार्यालयमा प्रस्ताव आइसकेको बताए। नेतान्याहुले सुरुवातमा मध्यस्थता गरेका अमेरिका, इजिप्ट र कतारले राखेको प्रस्तावमा हमासले गर्न चाहेमा परिवर्तन भने स्वीकार्य नहुने बताएका छन्।
शुक्रबार राति हमासले ६० दिने युद्ध विरामको प्रस्तावमा सकारात्मक भएको तथा वार्ताका लागि पनि तयार भएको जानकारी दिएको थियो।
वार्ताको पहल भइरहे पनि गाजामा इजरायलले आक्रमण छाडेको छैन। शनिबार भएको आक्रमणमा कम्तीमा ३५ प्यालेस्टाइनीको ज्यान गएको छ।
मवासीमा रहेको पालमा विस्फोट हुँदा एक चिकित्सक र उनका तीन सन्तानको साथमा ७ जनाको ज्यान गएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ असार २०८२, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी